बिहीबार , जेठ १८ गते २०८०

आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

images
images
विजनेस न्युज
आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

किरा नियन्त्रणका लागि गोडमेल  गर्नुपर्ने, झार उखेलेर गाड्नुपर्ने, गोडमेलमा ध्यान पुर्‍याउनुपर्ने र इमानेटिक बेन्जोयट नामक विषादी प्रयोग गर्नुपर्ने

images
images
images

चरीकोट- दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ। जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

images
images
images

शैलुङ गाउँपालिकामा सबैभन्दा किराले क्षति पुर्‍याएको छ। किराले आलु र मकैका पातलाई  खादा बोट मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्।

किराले खाएर बोट नै मरेपछि किसानले गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा रोग नियन्त्रणका लागि पटक-पटक गुनासो राख्दै आएका छन्। 

images

ज्ञान केन्द्रका शाखा प्रमुख नन्दराज वलीले अहिले किसानलाई प्राविधिक परामर्श र विषादी सहयोग गरेको जानकारी दिए। उनले किरा नियन्त्रणका लागि गोडमेल  गर्नुपर्ने, झार उखेलेर गाड्नुपर्ने, गोडमेलमा ध्यान पुर्‍याउनुपर्ने र इमानेटिक बेन्जोयट नामक विषादी प्रयोग गर्नुपर्ने बताए। जिल्लाको उच्च क्षेत्रहरूमा मुख्य पेशाका रूपमा आलुखेती गर्दै आइरहेका छन्।

बजार सहजै पाउने र हिमाली क्षेत्रको आलु राजधानी काठमाडौंलगायतका सहरमा धेरै मात्रामा माग भएका कारण किसानले मुख्य खेतीका रूपमा आलु लगाउँदै आएका छन्। जिल्लामा गत वर्ष समेत आलु, मकैलगायत खेतीमा फौजी किराले समेत क्षति पुर्‍याएको थियो। रासस

images

प्रकाशित : आइतबार, जेठ २९ २०७९११:१५
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ