सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २९ २०७९
आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

किरा नियन्त्रणका लागि गोडमेल  गर्नुपर्ने, झार उखेलेर गाड्नुपर्ने, गोडमेलमा ध्यान पुर्‍याउनुपर्ने र इमानेटिक बेन्जोयट नामक विषादी प्रयोग गर्नुपर्ने

चरीकोट- दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ। जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

शैलुङ गाउँपालिकामा सबैभन्दा किराले क्षति पुर्‍याएको छ। किराले आलु र मकैका पातलाई  खादा बोट मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्।

किराले खाएर बोट नै मरेपछि किसानले गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा रोग नियन्त्रणका लागि पटक-पटक गुनासो राख्दै आएका छन्। 

ज्ञान केन्द्रका शाखा प्रमुख नन्दराज वलीले अहिले किसानलाई प्राविधिक परामर्श र विषादी सहयोग गरेको जानकारी दिए। उनले किरा नियन्त्रणका लागि गोडमेल  गर्नुपर्ने, झार उखेलेर गाड्नुपर्ने, गोडमेलमा ध्यान पुर्‍याउनुपर्ने र इमानेटिक बेन्जोयट नामक विषादी प्रयोग गर्नुपर्ने बताए। जिल्लाको उच्च क्षेत्रहरूमा मुख्य पेशाका रूपमा आलुखेती गर्दै आइरहेका छन्।

बजार सहजै पाउने र हिमाली क्षेत्रको आलु राजधानी काठमाडौंलगायतका सहरमा धेरै मात्रामा माग भएका कारण किसानले मुख्य खेतीका रूपमा आलु लगाउँदै आएका छन्। जिल्लामा गत वर्ष समेत आलु, मकैलगायत खेतीमा फौजी किराले समेत क्षति पुर्‍याएको थियो। रासस


प्रकाशित : आइतबार, जेठ २९ २०७९०५:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend