सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पृथ्वीराजमार्गको आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बन्द

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २७ २०७९
पृथ्वीराजमार्गको आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बन्द

सडक भासिएर उक्त ठाउँबाट कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ।

दमौली- पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ। आँबुखैरेनी-४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो। 

बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन्। सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ। डेढ/दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिइन्। 'रातिको समयमा जोखिम सडक भासिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ।'

यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले उक्त खण्डको आजै निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा सहजता ल्याउन निर्देशन दिए। 

सडक भासिएर उक्त ठाउँबाट कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये एक जनाको सनाखत भएको छ भने अर्का व्यक्तिको सनाखत नभएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। गोरखा घर भई आँबुखैरेनी-२ बस्ने ३५ वर्षीय केशव घिमिरेको सनाखत भएको उनले बताए। अर्का व्यक्तिको सनाखत गर्न प्रयास भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९१२:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend