सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

फोहर व्यवस्थापनको लागि जग्गा अधिग्रहण गर्न ५ अर्ब छुट्याऔँ : गगन थापा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २७ २०७९
फोहर व्यवस्थापनको लागि जग्गा अधिग्रहण गर्न ५ अर्ब छुट्याऔँ : गगन थापा

काठमाडौंको बजेट काटेर भए पनि ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणका लागि बजेट विनियोजन गर्नुपर्ने थापाले बताए।

काठमाडौं- स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहोर विर्सजन हुन नसकिरहेको अवस्थामा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन कुमार थापाले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले प्रभावित क्षेत्रको जग्गा अधिग्रहणका लागि तत्काल ५ अर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

उपत्यकाको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शुक्रबार उपत्यकाका, नुवाकोट, धादिङका जनप्रतिनिधिसँग छलफल गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा  थापाले यस्तो धारणा राखेका हुन्। काठमाडौंको बजेट काटेर भए पनि ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणका लागि बजेट विनियोजन गर्नुपर्ने थापाले बताए।

विगतमा गरेका सहमति कार्यान्वयन गर्नुपर्ने थापाले बताए। पहिला प्रतिवद्धता गर्ने कार्यान्वयन नगर्ने भएकाले विश्वासको संकट सृजना भएको बताए। ‘जसरी पनि अधिग्रहण गरेर नागरिकलाई क्षतिपूर्ति दिनुपर्छ,’ थापाले भने, ‘बरु यो वर्ष काठमाडौंको विकास निर्माणका लागि विनियोजन भएको बजेट काटेर भए पनि ५/६ अर्ब बजेटको सुनिश्चितता गरौं।’

वातावरणीय प्रभाव मूल्यांकनको आधारमा क्षतिपूर्ति दिनुपर्ने बताए। जग्गाको लागि बजेट विनियोजन गरे पछि विश्वासको वातावरण तयार हुने थापाले बताए। ‘जग्गा अधिग्रहणको बारेमा थप व्याख्या गरौं,’ थापाले भने, ‘बजेट विनियोजन गरे पछि विश्वासको वातावरण तयार हुन्छ।’ सरकारले गरेको निर्णयमा टेकेर शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले अग्रसरता लिनुपर्ने बताए।

थापाले विगतमा भएका सहमति र नयाँ सहमति कार्यान्वनयका लागि काठमाडौं, धादिङ, नुवाकोटका प्रतिनिधि सभा सदस्य रहेको अनुगमन समिति बनाउन पनि आग्रह गरे। ‘हामी पनि काम गर्न चाहान्छौं,’ थापाले भने, ‘समिति बनाएपछि नागरिकका कुरा पनि सुन्छौं। नीतिगत समस्या परेको ठाउँमा सहजीकरण गर्छौं।’स्थानीयले विभिन्न माग राखेर उपत्यकाको फोहोर विर्सजन हुन नपाएपछि काठमाडौं उपत्यका दुर्गन्धित भएको छ। 


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९०९:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend