आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

मेलम्चीको अस्थायी पुलमा क्षति हुँदा यातायात अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २७ २०७९
images
images
मेलम्चीको अस्थायी पुलमा क्षति हुँदा यातायात अवरुद्ध

अब इन्द्रावती र पाँचपोखरीबाट मेलम्ची आउन बाहुनेपाटीको पुलको प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आग्रह गरेका छन्। 

images
images

सिन्धुपाल्चोक- लगातारको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ। गए रातिको भीषण वर्षाका कारण मेलम्ची, इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित पुलमा क्षति पुगेको हो। 

images
images

गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो।

images
images

अहिले फट्टेको पुल भने सञ्चालनमा रहेको छ। अब इन्द्रावती र पाँचपोखरीबाट मेलम्ची आउन बाहुनेपाटीको पुलको प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आग्रह गरेका छन्। 

images
images
images

'अब ह्युम पाइप सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन, वैकल्पिकरूपमा बाहुनेपाटीको पुल प्रयोग गर्न सकिन्छ', प्रमुख तामाङले भने, 'फट्टेको पुल पनि बाढीले बगाएको खण्डमा चनौटेको बेलिब्रिजको प्रयोग गर्नुपर्ने हुन्छ।' रासस


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९०६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend