काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। बिहीबार नेपाली बजारमा छापावल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार भने छापावाल सुन तोलामा ३ सय रुपैयाँ घटेर ९७ हजार ७ सय रुपैयाँ कायम भएकोछ।
यता चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँ घटेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।