सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सिल्क सिनोम्याचलाई मल आयात गर्न दिन उच्च अदालत पाटनको अन्तरिम आदेश

बिहीबार , जेठ २६ २०७९
सिल्क सिनोम्याचलाई मल आयात गर्न दिन उच्च अदालत पाटनको अन्तरिम आदेश

रिट निवेदकले आयात गरेर तातोपानी भन्सार नाकामा आइपुगेको थप आउनु पर्ने मल नेपाल भित्र्याउन सहजीकरण गर्न अन्तरिम आदेशमा भनिएको छ। 

काठमाडौं- सिल्क सिनोम्याच ग्लोबलम्याटिक विध जेभी कम्पनीलाईनै मल आयात गर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद पौडेल र नरिश्वर भण्डारीको संयुक्त इजालाशले १९ जेठमा कृषि सामग्री कम्पनी लिमिटेडले खरिदकर्ताविरुद्ध गरेको कारबाही कार्यान्वयन नगर्न आदेश दिएको हो। खरिदकर्ताले आयात गरेर ल्याएको मल नेपाल ल्याउने वातावरण बनाउन अन्तरिम आदेश जारी गरेको हो। 

उक्त कम्पनीले एक अर्ब ९२ करोड ५१ लाख रुपैयाँ बराबर लागतको २५ हजार मेट्रिकटन रासायनिक मल आयातको ठेक्का हात पाएको थियो। 

‘कृषि सामग्री कम्पनी लिमिटेडले रिट निवेदकहरुविरुद्ध ३ जेठ मा गरेको ठेक्का सम्झौता रद्ध र उनीहरुको बैंक ग्यारेन्टी जफत गर्ने निर्णय यथास्थितिमा राख्न र रिट निवेदकले आयात गरेर तातोपानी भन्सार नाकामा आइपुगेको थप आउनु पर्ने मल नेपाल भित्र्याउन सहजीकरण गर्न अन्तरिम आदेशमा भनिएको छ। 

एलसी खोलेर रकम पठाएर ठेकदार पक्षको लगानी समेत भइसकेको अवस्थामा ठेक्का सम्झौता रद्ध गरिनु निवेदकलाई अपूरणीय क्षति भएको अदालतको ठहर छ।

३ जेठमा सम्झौता बमोजिम रासायनिक मल नल्याएको भन्दै कृषि सामग्री कम्पनीले ४ वटा ठेक्कामा सहभागी ८ कम्पनीलाई कारबाही गरेको थियो। 

11.jpg
1.jpg


प्रकाशित : बिहीबार , जेठ २६ २०७९१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend