सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

योग्यता नै नपुगेकालाई नियुक्ति दिएको अख्तियारको ठहर

बिहीबार , जेठ २६ २०७९
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

शैक्षिक योग्यताको तथ्यलाई लुकाइ छिपाइ योग्यता नपुगेका आवेदकहरुको दरखास्त फारामहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिइ स्वीकृत गरी गराइ भ्रष्टाचार

काठमाडौं- राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, प्रशासन शाखा प्रमुख रघुपति चौधरीसमेत चारजनाउपर गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचनाबमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको पुष्टी भएको भन्दै मुद्दा दायर गरेको हो।

बोर्डका कार्यकारी निर्देशकले पदपूर्ति समितिको संयोजक रही न्यूनतम शैक्षिक योग्यता हेर्ने जाँच्ने सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुको दरखास्त फाराम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको भन्दै मुद्दा दायर गरेको छ।

न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाइ छिपाइ योग्यता नपुगेका आवेदकहरुको दरखास्त फारामहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिइ स्वीकृत गरी गराइ भ्रष्टाचार गरेको भन्दै आयोगले मुद्दा दर्ता गरेको हो।

पदपूर्ति उपसमितिको संयोजक भई काम गर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंक प्रसाद ओली उपर भ्रष्टाचार मुद्दा दायर भएको हो।


प्रकाशित : बिहीबार , जेठ २६ २०७९१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend