शनिबार, वैशाख १५ गते २०८१    
images
images

नाडाको साधारण सभा तथा निर्वाचन मंसिरमा हुने 

images
बिजनेस न्युज
images
images
नाडाको साधारण सभा तथा निर्वाचन मंसिरमा हुने 

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्ष लगायत २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ। नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ।

images
images

काठमाडौं- नाडाको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन मंसिर २२ र २३ गते हुने भएको छ। नाडा कार्यसमितिको असोज ८ गतेको बैठकले उक्त निर्णय गरेको हो। 

images
images
images

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्ष लगायत २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ। नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ।

images

सो बैठकमा अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई व्यापक बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एसोसिएसनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्क हस्तान्तरण गरेका थिए। 

images

नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एसोसिएसनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्ने छन्। नाडाले गत भदौ २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो। 

images
images

यसअघि नाडाले भदौ अन्तिम साता साधारण सभाको प्रस्ताव गरेको थियो। तर जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएपछि साधारण सभा सरेको हो।

images

प्रकाशित : शनिबार, असोज ९ २०७८०७:०३
  • सम्बन्धित विषय:

  • # नाडा
  • # नाडाकाे साधारण सभा
  • प्रतिक्रिया दिनुहोस