सोमबार, असोज ७ गते २०८१    
images
images

पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २६ २०७९
images
images
पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा 

इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो।  

images
images

चितवन- पहिराका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड  सञ्चालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुरु भएको हो। 
 
इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो।  

images
images
images

बुधबार राति ११ः१५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ः०५ बजेबाट सञ्चालनमा आएको हो।

यस्तै नारायणगढ-मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका-६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११ः५० बजे पन्छाइएको हो। रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ। रासस


प्रकाशित : बिहीबार , जेठ २६ २०७९०७:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend