सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सांसदहरूले राखे मल आपूर्ति र फोहर व्यवस्थापनको माग

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २६ २०७९
सांसदहरूले राखे मल आपूर्ति र फोहर व्यवस्थापनको माग

'फोहरमैलाले काठमाडौंका बासिन्दालाई अत्यन्तै अप्ठ्यारो भएको छ। राजधानी भएकाले यसले देशभरका मानिसहरूलाई असर गरिरहेको छ।'

काठमाडौं- प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले मल अभावका कारण किसानहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 

छलफलमा विषेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए। उनले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घट्ने बताए। सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे। 

सांसद कृष्णबहादुर राईले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए। 'फोहरमैलाले काठमाडौंका बासिन्दालाई अत्यन्तै अप्ठ्यारो भएको छ। राजधानी भएकाले यसले देशभरका मानिसहरूलाई असर गरिरहेको छ। यसैले फोहर व्यवस्थापनमा सबैको ध्यान पुगोस्' उनले भने। 

सांसद भिम रावलले पनि काठमाडौंको फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। 'फोहर संकटकाल आइसक्यो सबै नगरपालिकाको टाउकोमा हालेर बस्न मिल्छ। सरकारले सबैभन्दा पहिले काठमाडौंको फोहर व्यवस्थापन गरोस्, अरू ठूला चमत्कारको गफ गर्नै पर्दैन' उनले भने। 

 


प्रकाशित : बिहीबार , जेठ २६ २०७९०६:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend