सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पहिरोले नारायणगढ-मुग्लिन र मुग्लिन-नौबिसे सडक अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २६ २०७९
पहिरोले नारायणगढ-मुग्लिन र  मुग्लिन-नौबिसे सडक अवरुद्ध
फाइल तस्बिर।

बिहीबार बिहानैदेखि पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

मुग्लिन- वर्षासँगै खसेको पहिराका कारण नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। 

बिहीबार बिहानैदेखि पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भइरहेको अधिकारीले बताए। पहिराकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको छ।

इच्छाकामना-४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए। 


प्रकाशित : बिहीबार , जेठ २६ २०७९०५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend