आइतबार, वैशाख १६ गते २०८१    
images
images

ठूला र सम्पन्न राष्ट्रले साना राष्ट्रलाई सहयोग गर्नुपर्छ

images
images
images
ठूला र सम्पन्न राष्ट्रले साना राष्ट्रलाई सहयोग गर्नुपर्छ
images
images

कोभिड महामारीबाट विश्व अर्थतन्त्रमा परेको प्रभाव, श्रम बजार, सामाजिक-आर्थिक क्षेत्रमा छिटोछिटो भइरहेको परिवर्तनका कारण अतिकम विकसित मुलुकलाई शताब्दी विकासको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण भएको छ।  

images
images
images

यसमा ठूला र सम्पन्न राष्ट्रहरूले साना राष्ट्रहरूलाई सहयोग गर्नुपर्नेमा अवस्था आएको छ। सम्पूर्ण विश्वले बहुआयामिक चुनौतीको सामना गर्नु परिरहेको छ। राष्ट्रहरू बीचको बढ्दो अन्तरनिर्भरताका कारण कुनै पनि भागमा उत्पन्न हुने घटना, अशान्ति, अस्थिरताले सम्पूर्ण विश्व नै प्रभावित हुने तथ्य उल्लेख भइसकेको छ।

images

सबैले खाद्यान्न तथा इन्धनको सन्निकट विश्वव्यापी समस्यातर्फ ध्यानाकर्षण अुन आवश्यक छ। उक्त समस्या समाधानमा विश्व एकजुट हुनुुपर्ने छ। समस्याबाट विशेषगरी साना राष्ट्रहरू बढी प्रभावित हुनेमा अवस्था छ।

images

यो चिन्ताको विषय पनि हो।  स्थिरता र आपसी सहयोगको माध्यमबाटनै चूनौतीको सामना गर्न सकिन्छ। तर यसका लागि सबै एकजुट हुन आवश्यक छ। साझा हितका लागि सहकार्य गर्न विश्व समूदायलाई एक हुनु पर्ने छ। 

images
images

कोभिड विरुद्धको खोपबाट संक्रमण निकै घटन गएको भएपनि यो पुरै निर्मुल भई नसकेकाले सर्तक रहनु अवस्था अझै बाँकी नै छ।

कार्यशैली र कार्य वातावरणमा पछिल्लो पटक निकै धेरै परिवर्तन भैसकेकाले नयां वातावरणमा काम गर्न स्वास्थ्य उपचार, सामाजिक सुरक्षा र कार्यस्थल सुधारको आवश्यकता छ। 
 
कोभिड महामारीबाट भएको नोक्सानीको क्षतिपूर्ति एवं पुनरूत्थानतर्फ प्रयत्नशील रहेको अवस्थामा उच्च व्यापार घाटा, नकारात्मक शोधानान्तर स्थिति, न्यून लगानी एवं तरलता अभावलगायतबाट नेपाली उद्योग व्यवसाय प्रभावित हुन पुगेको छ।

श्रम बजारको स्वरुपमा भइरहेको परिवर्तनले नयाँ सीपयुक्त जनशक्तिको माग बढीरहेको छ।

काम गर्ने वातावरण र जनशक्तिको समायोजन गर्नुपर्ने आवश्यकता छ। सूचना प्रविधिको बढ्दो प्रयोग र डिजिटल माध्यमबाट हुने कामले श्रम सम्बन्धमा परिवर्तन भइरहेको छ।

विभिन्न चुनौती र समस्याका बाबजुद नेपालको निजी क्षेत्र आर्थिक वृद्धितर्फ उन्मुख रहेको छ। साना तथा मझौला उद्योगको प्रवर्द्धन, सामाजिक सुरक्षा, काम गर्ने वातावरणको सुधार, कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहारको निवारण एवं केन्द्रदेखि प्रतिष्ठानस्तरसम्म सामाजिक संवादको प्रवर्द्धन लगायतका कार्यक्रमलाई प्राथमिकता राखी काम भइरहेको छ। 

अन्तर्राष्ट्रिय श्रम संगठनले निर्वाह गरिरहेको भूमिकाको सह्रानायोग्य छ। अन्तर्राष्ट्रिय श्रम संगठनको नयाँ रणनीतिसहित काम गर्ने र यसबाट सदस्य मुलुकले भोगिरहेका समस्या समाधान गर्न सहयोगको आवश्यकता छ।

(नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११० औँ अधिवेशनमा सम्बोधन गर्दै दिएका अभिव्यक्ति)

images

प्रकाशित : बुधबार, जेठ २५ २०७९१२:४१

प्रतिक्रिया दिनुहोस