सोमबार, असोज ७ गते २०८१    
images
images

नेपाल चेम्बर एक्स्पो २०२२ असार २ गतेदेखि 

images
बुधबार, जेठ २५ २०७९
images
images
नेपाल चेम्बर एक्स्पो २०२२ असार २ गतेदेखि 

एक्स्पोमा १५० वटा स्टलहरू रहने छन्।

images
images

काठमाडौं- नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया, आयात-निर्यातको सूचना आदान-प्रदानमा विशेष जोड दिँदै पाँचौं संस्करणको 'नेपाल चेम्बर एक्स्पो २०२२' को आयोजना गरिने भएको छ।

images
images
images

नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्न लागेको हो।

विगतका राजनीतिक उपलब्धीहरुलाई आत्मसात गर्दै नेपाल अब आर्थिक सम्वृद्धितर्फ उन्मुख हुँदै गरि रहेको परिपेक्षमा राष्ट्रको सर्वाङगिण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेकाले एक्स्पो आयोजना गरिँदै आइएको चेम्बरले जनाएको छ।

पछिल्ला चार संस्करणहरूको सफलता पुर्वक आयोजना गरी सके पछि चेम्बर अफ कमर्शले मेलाको पाँचौ संस्करणमा व्यापारीक अन्तरक्रिया, आयात-निर्यातको सूचना आदान-प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ।

images

एक्सपोमा अन्तराष्ट्रिय व्यापारीक समुदायको प्रत्यक्ष सहभागिताले अन्तराष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास रहेको छ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ। निकासी अभिबृद्धि गर्ने उद्देश्य लिई चेम्बर अफ कमर्शले  प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न सबै व्यापारीक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उद्देश्य राखेको जनाएको छ।

बंगलादेश पार्टनर कन्ट्री रहेको यस वर्ष वाणिज्य मन्त्रालय र इपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन्। एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम एप्लाइन्सेस, फेसन वेयर एण्ड एसेसरिज, गार्मेन्ट एण्ड टेक्सटाइल, मोबाइल एण्ड ग्याजेट्स, एफएमसिजी, हाइड्रो, लजिस्टिक, ह्याण्डिक्राफ्ट एण्ड ह्याण्डलुमस, सुज एण्ड लेदर आइटम, कस्मेटिक्स, फुड एण्ड डेरी प्रडक्ट्स आदि सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको चेम्बरले जनाएको छ।

एक्स्पोमा १५० वटा स्टलहरू रहने छन्। राष्ट्रिय एवं अन्तराष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने एक्स्पो नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू पनि रहने आयोजक पक्षले जनाएको छ।


प्रकाशित : बुधबार, जेठ २५ २०७९०८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend