सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

स्विट्जरल्यान्डले ८६ करोड अनुदान दिने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २५ २०७९
स्विट्जरल्यान्डले ८६ करोड अनुदान दिने

यो परियोजना प्रदेश र  मधेस प्रदेशका २० स्थानीय तहमा कार्यान्वयन हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ।

काठमाडौं- स्विट्जरल्यान्ड सरकारले ८६ करोड रुपैयाँ बराबरको अनुदान दिने भएको छ। नेपाल सरकारलाई दिने उक्त अनुदान सम्बन्धको सम्झौतामा आज हस्ताक्षर भएको छ।

 वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूलाई नेपालमै व्यवसाय तथा रोजगारीमा सक्रिय बनाउनका लागि खर्च गरिने यो अनुदान सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव इश्वरीप्रसाद अर्याल र स्विट्जरल्यान्ड सरकारको तर्फबाट काठमाडौं स्थिति स्विस दूतावासमा सहायता विभाग हेर्ने सिल्भाना हग्सले हस्ताक्षर गरेकी छन्।

 अनुदान अन्तर्गतका कार्यक्रम बजेटरी हुनेछन्। त्यस्तै यो परियोजना प्रदेश र  मधेस प्रदेशका २० स्थानीय तहमा कार्यान्वयन हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ।


प्रकाशित : बुधबार, जेठ २५ २०७९०७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend