सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कृषि मन्त्रालयको विज्ञप्ति आयो तर मल आएन : गगन थापा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २५ २०७९
कृषि मन्त्रालयको विज्ञप्ति आयो तर मल आएन : गगन थापा

वर्षौँदेखि मलको समस्या भएपनि सरकारी संयन्त्र गम्भीर नबनेको उनको भनाइ छ।

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले किसानलाई मल दिन नसक्ने वर्षौँदेखिको समस्याले फेरि किसान मारमा परेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले धान रोप्ने समय भइसक्दा पनि सरकारले मल दिन नसक्ने अवस्था रहेको उनले बताए।

सरकारले आगामी वर्षका लागि कृषिमा पर्याप्त बजेट तथा कार्यक्रम ल्याएपनि सिजनमा मल दिनसक्ने समस्याको चक्र अहिले पनि जहाँको त्यही रहेको उनको भनाइ छ।

'अहिले नै मल आवश्यक छ। मन्त्रालयले असारसम्म १ लाख ९२ हजार टन मल आउँदैछ भनेको छ। दिनको २ हजार टनभन्दा बढी आउन सक्दैन' उनले भने।

वर्षौँदेखि मलको समस्या भएपनि सरकारी संयन्त्र गम्भीर नबनेको उनको भनाइ छ।

'सरकारले फेरियो, मन्त्री फेरिए तर मलको कथा जहाँको त्यही छ। यो वर्ष जेठ असारमा यस्तो हुँदैछ भन्ने आँकलन गरेर हामीले सचेत गराएका थियौं। हामीले प्रधानमन्त्रीलाई पनि भनेका थियौं। निर्देशनले मात्र सकिएन। गर्नुपर्नेले गरेनन्। विज्ञप्ति आउँछ मल आउँदैन। त्यसपछि हाम्रो बहादुरी भारतबाट मल ल्याउने किसानमाथि देखिन्छ' उनले भने।

 मलको समस्या आउँदैछ भनेर आफूहरूले पहिले नै सरकारलाई सचेत गराएको र सुझाव पनि दिएको सम्झाउँदै उनले बताए। प्रधानमन्त्रीदेखि कृषि मन्त्रालयसम्म सबैलाई सचेत गराए पनि समयमै काम नहुँदा अहिले फेरि समस्या देखिएको उनले बताए।

 


प्रकाशित : बुधबार, जेठ २५ २०७९०७:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend