आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

काठमाडौंको फोहर व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्छ : गगन थापा

images
बुधबार, जेठ २५ २०७९
images
images
काठमाडौंको फोहर व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्छ :  गगन थापा

सांसद थापाले कुहिने र नकुहिने फोहर घरबाटै छुट्याउन काठमाडौंका बासिन्दालाई आग्रह पनि गरेका छन्।

images
images

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहर व्यवस्थापन गर्न नसक्ने भन्दै प्रधानमन्त्रीलाई पहलका लागि आग्रह गरेका छन्। उनले काठमाडौंको फोहर व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्नेसमेत बताए। 

images
images

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने- 'फोहर व्यवस्थापनमा काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयले गरिरहेको काममा सहयोग गर्नु हामी सबैको कर्तव्य हो। स्रोत साधन र कानुन नियमको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै विशेष पहल लिन आग्रह गर्दछु।'

images
images

उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहर व्यवस्थापन गर्न नसक्ने भन्दै प्रधानमन्त्रीलाई पहल गर्न माग गरेका हुन्।

images
images
images

सांसद थापाले कुहिने र नकुहिने फोहर घरबाटै छुट्याउन काठमाडौंका बासिन्दालाई आग्रह पनि गरेका छन्। उनले काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले पनि फोहर व्यवस्थापनमा सहयोग गर्नुपर्ने सुझाव दिए।


प्रकाशित : बुधबार, जेठ २५ २०७९०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend