सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

काठमाडौंको फोहर व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्छ : गगन थापा

बुधबार, जेठ २५ २०७९
काठमाडौंको फोहर व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्छ :  गगन थापा

सांसद थापाले कुहिने र नकुहिने फोहर घरबाटै छुट्याउन काठमाडौंका बासिन्दालाई आग्रह पनि गरेका छन्।

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहर व्यवस्थापन गर्न नसक्ने भन्दै प्रधानमन्त्रीलाई पहलका लागि आग्रह गरेका छन्। उनले काठमाडौंको फोहर व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्नेसमेत बताए। 

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने- 'फोहर व्यवस्थापनमा काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयले गरिरहेको काममा सहयोग गर्नु हामी सबैको कर्तव्य हो। स्रोत साधन र कानुन नियमको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै विशेष पहल लिन आग्रह गर्दछु।'

उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहर व्यवस्थापन गर्न नसक्ने भन्दै प्रधानमन्त्रीलाई पहल गर्न माग गरेका हुन्।

सांसद थापाले कुहिने र नकुहिने फोहर घरबाटै छुट्याउन काठमाडौंका बासिन्दालाई आग्रह पनि गरेका छन्। उनले काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले पनि फोहर व्यवस्थापनमा सहयोग गर्नुपर्ने सुझाव दिए।


प्रकाशित : बुधबार, जेठ २५ २०७९०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend