सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

वर्षाको समय असारदेखि भदौसम्म सडक खन्न बन्देज, जबरजस्ती खने कारबाही 

बुधबार, जेठ २५ २०७९
वर्षाको समय असारदेखि भदौसम्म सडक खन्न बन्देज, जबरजस्ती खने कारबाही 

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र थप बिग्रने भन्दै सडक खन्न रोक लगाइएको हो। 

काठमाडौं- संघीय सडक सुररिवेक्षण तथा अनुगमन कार्यालयले असार १ देखि भदौ मसान्तसम्म कुनै पनि बहानामा सडक नखन्न 
आग्रह गरेकाे छ। कार्यालयले बुधबार एक सूचना जारी गर्दै मध्य वर्षामा सडक खन्न नपाइने बताएको छ। 

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र थप बिग्रने भन्दै सडक खन्न रोक लगाइएको हो। 

सडक विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना मार्फत डिभिजनहरु मातहतका कुनै पनि सडक खन्न नदिने र कसैले जबरजस्ती सडक खनेको पाइएमा कारबाही गरिने बताएको छ। 

मुख्यगरि उपत्यकामा हाल मेलम्ची खानेपानी वितरणका लागि पाइपलाइन बिछ्याउन, विद्युतका तारहरु भूमिगत गर्नेलगायतका कामहरुका लागि सडक खन्ने काम भइरहेको छ। हरेक वर्ष वर्षायाममा सडक खन्न रोक लगाउने काम सडक विभाग मातहतका कार्यालयले गर्दै आएको छ।

प्रकाशित : बुधबार, जेठ २५ २०७९०५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend