सोमबार, असोज ७ गते २०८१    
images
images

घुम्दै चितवन आइपुग्यो चाइनिज पोण्ड हेरोन चरा 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २५ २०७९
images
images
घुम्दै चितवन आइपुग्यो चाइनिज पोण्ड हेरोन चरा 

फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ।

images
images

चितवन- चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ। 

images
images
images

नेपाल पक्षीविद् संघ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका-११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो।

६ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्बिर लिएका थिए। नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलबार चितवन आएर थप अध्ययन गरेको थियो।

बिडारीका अनुसार मङ्गलबार पनि चरा भेटिएको थियो। विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन्। यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ। फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ। यो चरा लजालु स्वभावको भएको बिडारी बताउँछन्। 

images

यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ। चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ। रासस


प्रकाशित : बुधबार, जेठ २५ २०७९०५:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend