आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

महाप्रबन्धक पौडेलले विशेषाधिकार प्रयाेग गर्दै खुवाए निगम कर्मचारीलाई तलब

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ८ २०७८
महाप्रबन्धक पौडेलले विशेषाधिकार प्रयाेग गर्दै खुवाए निगम कर्मचारीलाई तलब

नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले झन्डै ३ महिनादेखि ट्रेड युनियनका नाममा आन्दोलन गर्ने कर्मचारीलाई समेत तलव खुवाउने निर्णय गरेका छन्। 

काठमाडौं- नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले झन्डै ३ महिनादेखि ट्रेड युनियनका नाममा आन्दोलन गर्ने कर्मचारीलाई समेत तलव खुवाउने निर्णय गरेका छन्। 

महाप्रवन्धक पौडेलले कानुनले दिएको विशेषाधिकार प्रयोग गरेर तलव खुवाउने निर्णय गरेका हुन्। पौडेलले तीन महिनाको तलव खुवाउनका लागि झन्डै ३० करोड रुपैयाँ बराबरको रकम निकासा गर्ने निर्णय गरेका हुन्। 

निगमलाई कम्पनी मोडलमा लैजाने निर्णयसँगै आन्दोलनमा उत्रिएका कर्मचारीले महप्रवन्धक पौडेललाई कार्यालय प्रवेशमा रोक लगाएका थिए। 

कार्यालय प्रवेशमा रोक लगाएसँगै सञ्चालक समितिको बैठक बस्न सकेको छैन। जसका कारण आर्थिक वर्ष २०७८/७९ को बजेट समेत परित हुन सकेको छैन। कर्मचारीहरुले तीन महिनादेखि निगमको कार्यालयमा धर्ना दिँदै आएका छन्। 


प्रकाशित : शुक्रबार, असोज ८ २०७८१३:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend