काठमाडौं- बुधबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ। मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि पनि छापावाल सुनको मूल्य त्यतिनै कायम भएको छ।
यता चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।