सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

तीनपिप्ले-बन्चरेडाँडा सडक मर्मतको जिम्मा समानान्तर निर्माण सेवाले पाउँदै

बुधबार, जेठ २५ २०७९
तीनपिप्ले-बन्चरेडाँडा सडक मर्मतको जिम्मा समानान्तर निर्माण सेवाले पाउँदै

एकाइले समानान्तर निर्माण सेवा प्रालिलाई मात्रै प्राविधिकर रुपमा सफल भएको कम्पनी भनेर छनाेट गर्दै आर्थिक प्रस्ताव माग गरेको छ। अब असार १ गते नै आर्थिक प्रस्ताव खाेल्लिने एकाइले जनाएको छ।

काठमाडाैं- सरकारले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न डम्पिङ साइटको स‌ंरचना बन्चरेडाँडामा बनाइरहेको छ।

स‌ंरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। बन्चरेडाँडा जाने सडक भने राम्राे छैन। बन्चरेडाँडाका स्थानीले सडक मर्मतको विषय अहिले पनि उठाइरहेका छन्।

सडक मर्मत लगायतका माग गरी फोहाेरसमेत बन्चरेडाँडा र सिसडाेलका स्थानीयले व्यवस्थापन गर्न दिएका थिएनन्। साेमबार राति  सहमति भएपछि म‌ंगरबार बिहानै फोहोर बाेकेका ट्रक सिसडाेल गएका थिए। तर स्थानीयले फाेहाेर फाल्न नदिने भन्दै विरोध गरेका थिए। प्रहरी प्रशासन लगाएर लगिएको फोहोर भने व्यवस्थापन गरिएको थियो।

यसैबीच सहरी विकास मन्त्रालयल सहरी विकास तथा भवन निर्माण विभाग मातहतको बन्चरेडाँडा आयोजना कार्यान्यवन इकाइले तीनपिप्ले- बन्चरेडाँडा सडक खण्ड मर्मतका लागि भन्दै टेन्डरमा सहभागी कम्पनीहरु मध्येबाट एउटामात्रै कम्पनीलाई प्राविधिक रुपमा सफल रहेको ठहर गर्दै कम्पनी छनोट गरेको छ।

इकाइले समानान्तर निर्माण सेवा प्रालिलाई मात्रै प्राविधिकर रुपमा सफल भएको कम्पनी भनेर छनाेट गर्दै आर्थिक प्रस्ताव माग गरेको छ। अब असार १ गते नै आर्थिक प्रस्ताव खाेल्लिने इकाइले जनाएको छ।

 


प्रकाशित : बुधबार, जेठ २५ २०७९०१:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend