सोमबार, असोज ७ गते २०८१    
images
images

नागढुंगाबाट करिब ४ करोड रुपैयाँसहित ५ जना पक्राउ 

images
मंगलबार, जेठ २४ २०७९
images
images
नागढुंगाबाट करिब ४ करोड रुपैयाँसहित ५ जना पक्राउ 

उनीहरुको साथबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।  

images
images

काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित मंगलबार बिहान ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४ जना चिनियाँ नागरिक छन्। 

images
images
images

उनीहरुको साथबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।  

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक रहेका छन्। 

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाइछिपइ ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

images

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रकाशित : मंगलबार, जेठ २४ २०७९११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend