आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सुनको मूल्य घट्यो

मंगलबार, जेठ २४ २०७९
सुनको मूल्य घट्यो

मंगलबारका लागि चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ तोकिएको छ।

काठमाडौं- मंगलबार सुनको मूल्य घटेको छ। सामेबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको हो।

सोमबार ९८ हजार १ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ। मंगलबारका लागि चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  


प्रकाशित : मंगलबार, जेठ २४ २०७९०५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend