आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

प्रहरी एकेडेमी निर्माणका लागि भारतीय कम्पनी छनोट, लागत मात्रै १० अर्ब

मंगलबार, जेठ २४ २०७९
प्रहरी एकेडेमी निर्माणका लागि भारतीय कम्पनी छनोट, लागत मात्रै १० अर्ब

विस्तृत अध्ययन, डिजाइन र निर्माणकाे काम नै कम्पनीले गर्नु पर्नेछ। यसको कुल लागत कर बाहेक १० अर्ब १ करोड ५१ लाख रुपैयाँ रहेको छ।

काठमाडौं- सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) निर्माणका लागि भारतीय कम्पनी छनोट गरेको छ। गृह मन्त्रालय मातहतकाे राष्ट्रिय प्रहरी प्रतिष्ठानले निर्माणका लागि कम्पनी छनोट गर्दै सम्झाैताका लागि  आउन भन्दै सूचना जारी गरेको छ।

काभ्रेमा निर्माण हुने प्रहरी एकेडेमी ईपीसी मोडलमा निर्माणका लागि कम्पनी छनोट गरेको हो। मन्त्रालयले एसीआएल-आरसीपीएल जेभी भारतीय र नेपाली संयुक्त उपक्रमको कम्पनी छनोट गर्न लागेको हाे।

जसमा विस्तृत अध्ययन, डिजाइन र निर्माणकाे काम नै कम्पनीले गर्नु पर्नेछ। यसको कुल लागत कर बाहेक १० अर्ब १ करोड ५१ लाख रुपैयाँ रहेको छ।


प्रकाशित : मंगलबार, जेठ २४ २०७९००:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend