आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

दुई जलविद्युत आयोजनका लागि २५ अर्ब ९२ करोड लगानी स्वीकृत

सोमबार, जेठ २३ २०७९
दुई जलविद्युत आयोजनका लागि २५ अर्ब ९२ करोड लगानी स्वीकृत

बोर्डको ५१औं बैठकले दुई आयोजनाका लागि २५.९२ अर्ब बराबरको लगानी स्वीकृति गरेको छ।

काठमाडौं- प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनाहरुको निर्माण तथा विकास गर्न लगानी स्वीकृत गरेकाे छ। बोर्डको ५१औं बैठकले दुई आयोजनाका लागि २५.९२ अर्ब बराबरको लगानी स्वीकृति गरेको छ।

लगानी स्वीकृति हुनेमा १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लागतको दोलखा जिल्लामा अवस्थित ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौ र ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँ लागतको म्याग्दी जिल्लामा अवस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत परियोजना रहेका छन्।


प्रकाशित : सोमबार, जेठ २३ २०७९१४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend