आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत सेयर सर्वसाधरणलाई अनिवार्य दिनुपर्ने चेम्बर अध्यक्षको माग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २३ २०७९
लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत सेयर सर्वसाधरणलाई अनिवार्य दिनुपर्ने चेम्बर अध्यक्षको माग

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई निकास गर्नुपर्ने बताएका छन्।

काठमाडौं-नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई निकास गर्नुपर्ने बताएका छन्।

अर्थमन्त्रालय अन्र्तगतको राजश्व परामर्श समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा सर्वसाधरण लगानीकर्तालाई पनि समावेश गर्नुपर्ने बताए।

यसले सर्वसाधरणलाई फाईदा पुग्ने र वित्तिय सन्तुलन पनि कायम गर्न सहयोग गर्ने अध्यक्ष मल्लको भनाई छ। संस्थापक सेयर धनी र सर्वसाधरण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरि नीतिगत व्यवस्था गर्न उहा“ले सरोकारवाला निकायसंग आग्रह गरेका छन्। 

लिमिटेड कम्पनी खोल्दा सर्वसाधरण लगानीकर्तालाई प्राथमिकतामा राख्ने गरि नीतिगत व्यवस्था हुन सके यसबाट सेवा क्षेत्र थप व्यवस्थित हुनेमा अध्यक्ष मल्लले जोड दिए। सेवा क्षेत्रमा सर्वसाधरणको लगानी आउन सक्यो भने यसले तरलता सिर्जना गर्ने अध्यक्ष मल्लले बताए।

यस्तै अध्यक्ष मल्लले मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु हुनुपर्ने बताए। आयतलाई व्यवस्थित गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले आम उपभोग्य र विलासिताका बस्तुहरुमा फरक फरक दर कामय गरिनुपर्नेमा जोड दिए। 

धेरै विद्युत खपत गर्ने ठूल उद्योगका लागि मात्रै सहुलियत दिने बजेटमा उल्लेखित व्यवस्था साना तथा घरेलु र कृषि जन्य उद्योगमा पनि लागु गर्न अध्यक्ष मल्ले आग्रह गरे। 

 

 


प्रकाशित : सोमबार, जेठ २३ २०७९१४:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend