काठमाडौं- हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयबाट सरकार एक महिनामै पछाडि हटेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि लागू हुनेगरी आइतबारको बिदा हटाउने निर्णय गरेको हो।
मन्त्रिपरिषदको बैशाख २६ गतेको निर्णयअनुसार जेठ १ देखि शनिबार र आइतबार सार्वजनिक बिदा भइरहेको थियो।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा सोमबार नै रिटसमेत दायर भएको थियो।