आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

आइतबारको सार्वजनिक बिदा खारेजको माग गर्दै सर्वोच्चमा रिट

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २३ २०७९
images
images
आइतबारको सार्वजनिक बिदा खारेजको माग गर्दै सर्वोच्चमा रिट

रिटमाथिको निर्णय नहुँदासम्मका लागि पनि बिदाको कार्यान्वयन नगराउन अन्तरिम आदेशसमेत माग गरेका छन्। 

images
images

काठमाडौं- हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

images
images

मन्त्रिपरिषदले आवश्यक अध्ययन नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन्।

images
images

आइतबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको बैशाख २६ गतेको निर्णय बदर गर्न भन्दै उनीहरूले परमादेश माग गरेका छन्।

images
images
images

मन्त्रिपरिषदको निर्णयअनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा भइरहेको छ। उनीहरूले रिटमाथिको निर्णय नहुँदासम्मका लागि पनि बिदाको कार्यान्वयन नगराउन अन्तरिम आदेशसमेत माग गरेका छन्। 

 


प्रकाशित : सोमबार, जेठ २३ २०७९१२:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend