आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

आइतबारको सार्वजनिक बिदा खारेजको माग गर्दै सर्वोच्चमा रिट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २३ २०७९
आइतबारको सार्वजनिक बिदा खारेजको माग गर्दै सर्वोच्चमा रिट

रिटमाथिको निर्णय नहुँदासम्मका लागि पनि बिदाको कार्यान्वयन नगराउन अन्तरिम आदेशसमेत माग गरेका छन्। 

काठमाडौं- हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मन्त्रिपरिषदले आवश्यक अध्ययन नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन्।

आइतबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको बैशाख २६ गतेको निर्णय बदर गर्न भन्दै उनीहरूले परमादेश माग गरेका छन्।

मन्त्रिपरिषदको निर्णयअनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा भइरहेको छ। उनीहरूले रिटमाथिको निर्णय नहुँदासम्मका लागि पनि बिदाको कार्यान्वयन नगराउन अन्तरिम आदेशसमेत माग गरेका छन्। 

 


प्रकाशित : सोमबार, जेठ २३ २०७९१२:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend