आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

निजी सहयोगसहित तत्काल ११८ सार्वजनिक शौचालय प्रयोगमा ल्याउँदै काठमाडौं महानगर

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २३ २०७९
निजी सहयोगसहित तत्काल ११८ सार्वजनिक शौचालय प्रयोगमा ल्याउँदै काठमाडौं महानगर

सर्वसाधारणको सहजताको लागि पहिलो चरणमा निजी सहयोगमा करिब ६० शौचालय प्रयोगमा ल्याइने भएको हो।

काठमाडौं- काठमाडौं महानगरपालिकाले निजी महानगरपालिका क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघसंस्थाका शौचालयसहित तत्काल ११८ सार्वजनिक शौचालय प्रयोगमा ल्याउने भएको छ। 

महानगरपालिकामा रहेका झण्डै ५८ सार्वजनिक शौचालयलाई मर्मतसम्भार गरी पुनः प्रयोग गर्ने र सहकार्यमार्फत तत्काल ६० शौचालय प्रयोगमा ल्याउन लागिएको हो। 

जसका लागि निजी सहयोगमा सञ्चालनमा ल्याइने सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिन्न पनि महानगरले तयार गरेको छ।  चिन्न तयार भएसँगै कामपाले सार्वजनिक शौचालय सञ्चालनको लागि इच्छा भएका संघ संस्थालाई सम्पर्क गर्न पनि आग्रह गरेको छ। कामपा क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई कामपाले सार्वजनिक निजी साझेदारी इकाइमा सम्पर्क राख्न आग्रह गरेको हो।      

कामपासँग सहकार्य भएको संघसंस्थाको शौचालयमा प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले सबैमा एकै किसिमको संकेत चिन्न राखिएको कामपाले जानकारी गराएको छ। लोगो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ। संकेत चिन्हको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।

सर्वसाधारणको सहजताको लागि कामपाको सञ्चालन गर्न लागेको शौचालय पहिलो चरणमा निजी सहयोगमा करिब ६० शौचालय प्रयोगमा ल्याउने भएको हो। नवनिर्वाचित महानगरप्रमुख बालेन्द्र साहको संयोजकत्वमा अघिल्लो सोमबार बसेको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार हाल काम भइरहेको छ। 

प्रमुख साहले पहिलो बैठकमै गरेको निर्णय फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनसम्बन्धी काम पनि अघि बढेको महानगर प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिएका छन्। 


प्रकाशित : सोमबार, जेठ २३ २०७९०८:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend