आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

इम्बोस्ड नम्बर जडान गर्न जबरजस्ती गरे नागरिकले अवज्ञा गर्छन् : गगन थापा 

सोमबार, जेठ २३ २०७९
इम्बोस्ड नम्बर जडान गर्न जबरजस्ती गरे नागरिकले अवज्ञा गर्छन् : गगन थापा 

सरकारले नै समयमै काम गर्न नसक्ने अर्कोतिर छोटो समय दिएर नागरिकलाई सास्ती हुनेगरी जबरजस्ती लागू गर्न खोजेको उनको भनाइ छ। 

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सवारी साधनमा अनिवार्य जडान गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेटमा पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्। 

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै असार मसान्तभित्र बागमती र गण्डकी प्रदेशका सवारीसाधनले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ। 

यो व्यवस्थाका विरुद्ध नागरिकहरुले विरोध जनाइरहेका छन्। 

सांसद थापाले आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले जबरजस्तीको बाटो लिएर नागरिकलाई सास्ती दिन खोजेको आरोप लगाएका छन्। 

'यातायात मन्त्रालयले इम्बोस्ड नम्बर प्लेटका विषयमा सजिलो तर गलत बाटो अपनाएको छ त्यो हो दण्ड जरिवानाको। जुन कार्यालयले राम्ररी काम गरेन त्यो कार्यालयमा ताकेता गर्ने हो कि जनतालाई तर्साउने हो?' उनले प्रश्न गरे। 

सरकारले नै समयमै काम गर्न नसक्ने अर्कोतिर छोटो समय दिएर नागरिकलाई सास्ती हुनेगरी जबरजस्ती लागू गर्न खोजेको उनको भनाइ छ। 

'सरकारले भनेको समयमा काम गर्न नसक्दा यसको दु:ख नागरिकले पाउन मिल्छ? यति महँगो प्लेट प्रभावकारीसमेत देखिएको छैन। खाल्डाखुल्डीमा सवारी चल्दासमेत फुत्त खस्नेजस्तो प्लेट छ। पाँचगुना, छ गुना बढी पैसा लिएर १ गतेभित्र गर नत्र देखाइदिन्छु भनेर धम्की दिन मिल्दैन। यसलाई सजिलो बनाइयोस्। नागरिकलाई सहज होस्' उनले संसदमा भने। 


प्रकाशित : सोमबार, जेठ २३ २०७९०५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend