आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि 

सोमबार, जेठ २३ २०७९
सुनको मूल्यमा सामान्य वृद्धि 

सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएको छ।

काठमाडौं- सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको हो।

आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा सोमबारका लागि ९८ हजार १ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : सोमबार, जेठ २३ २०७९०५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend