आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ८ २०७८
परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

नेपाल उद्योग परिसंघ अन्तर्गत पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन भएको छ। परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा दुई नयाँ समिति गठन गरेको हो। 

काठमाडौं- नेपाल उद्योग परिसंघ अन्तर्गत पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन भएको छ। परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा दुई नयाँ समिति गठन गरेको हो। 

परिसंघ अन्तर्गतको पूर्वाधार समितिको नेतृत्व परिसंघका राष्ट्रिय परिषद सदस्य आशिष गर्गको सभापतित्वमा समिति गठन भएको हो। परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे समितिमा कोअर्डिनेटिङ उपाध्यक्ष छन्। 

समितिले नेपालामा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकासँग मिलेर काम गर्नेछ। यसैगरी नेपालमा आवश्यक पूर्वाधार विकासको क्षेत्रमा पैरवी पनि समितिले गर्नेछ। 

समितिको सदस्यहरूमा अमुन थापा, आनन्द सुवेदी, अनुप उप्रेती, कमल पाण्डे, वर्षा श्रेष्ठ, बसन्तबहादुर चन्द, विद्यावारिधि सिग्देल, गणेश कार्की, गुरुप्रसाद न्यौपाने, मनिष खेमका, निकोलश पाण्डे, रामकृष्ण खतिवडा, सुधीर मित्तल र ताराप्रसाद पौडेल छन्। 

यसैगरी परिसंघले प्रदेश र जिल्लाहरूमा आफ्नो उपस्थिति बलियो बनाउने र प्रदेश एवं जिल्ला उद्योग परिसंघको भूमिका सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय परिषद सदस्य लक्ष्मीप्रसाद सुवेदीको सभापतित्वमा प्रदेश एवं जिल्ला समन्वय समिति गठन गरेको छ। परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी समितिको कोअर्डिनेटिङ उपाध्यक्ष छन्। समितिको सहसभापितमा एजाज आलम रहेका छन्। 

समितिले प्रदेश एवं जिल्ला तहमा नीतिगत छलफल एवं अन्तर्क्रिया गर्ने, प्रदेशहरूमा उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि कानुन तर्जुमामा पहल गर्ने र परिसंघले अघि बढाएको मेक इन नेपाल-स्वदेशी अभियान अघि बढाउने उद्देश्य समितिले राखेको छ। 

समितिको सदस्यहरूमा भीम घिमिरे, नरेश दास, ऋषिराम घिमिरे, विनोदकुमार न्यौपाने, पूर्णप्रसाद आचार्य, हेमविक्रम थापा, ताराप्रसाद पौडेल, सुरजभक्त पौडेल, भेषराज दुवाडी, बाबुराम बोहरा, राजु पौडेल, लेखराज पोखरेल, सुरेशबहादुर श्रेष्ठ र कृष्णप्रसाद शर्मा सदस्य रहेका छन्।


प्रकाशित : शुक्रबार, असोज ८ २०७८११:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend