काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलमा ६ सय रुपैयाँ घटेको छ। शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेर ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।