शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

आर्थिक पुनरुत्थान केन्द्रित मौद्रिक नीति ल्याउन अर्थ समितिको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २४ २०७८
आर्थिक पुनरुत्थान केन्द्रित मौद्रिक नीति ल्याउन अर्थ समितिको निर्देशन

संसदको अर्थसमितिले कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान केन्द्रित मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

काठमाडौं- संसदको अर्थसमितिले कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान केन्द्रित मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

चालु वर्षको मौद्रिक नीति शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाइ अर्थतन्त्रका मुख्य परिचालक क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी नीति ल्याउन समितिले निर्देशन दिएको छ।

श्रमिक तथा कर्मचारीका लागि विशेष व्यवस्था गर्न तथा रोजगारी सिर्जनाका लागि नीतिगत पहल आवश्यक रहेको समितिले ठहर गरेको छ।

लक्षित वर्ग कर्जाको कार्यान्वयनमा कडाइ गर्नुपर्ने, वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई विशेष ऋण दिने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ।

समितिले सेयर बजारलाई नकारात्मक प्रभाव पार्नेगरी कुनै पनि नीति नल्याउन निर्देशन दिएको छ।


प्रकाशित : आइतबार, साउन २४ २०७८०६:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend