आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

पहाडी उडान बन्द हुने भएपछि प्राधिकरणले हटायो इनरुट मौसममा लगाएको नयाँ नियम

शनिबार, जेठ २१ २०७९
पहाडी उडान बन्द हुने भएपछि प्राधिकरणले हटायो इनरुट मौसममा लगाएको नयाँ नियम

काठमाडौं- उच्च पहाडी तथा दुर्गमको उडान नै बन्द हुने अवस्थामा पुगेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले इनरूट मौसममा गरेको व्यवस्थाबाट पछि हटेका छ।

तारा एयरको विमान पोखरा जोमसोमका क्रममा मुस्ताङको थासाङ २ मा दुर्घटना भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले भीएफआर उडान हुने सबै विमानस्थलमा इनरूट मौसमको विवरण बुझाइ मौसम सफा भएको अवस्थामा मात्रै उडान गर्न पाउने निर्णय गरेको थियो।

प्राधिकरणले १७ जेठमा गरेको निर्णय २० गते परिर्माजन गरेको हो। प्राधिकरणले उडान भने विमानस्थल तथा अवतरण हुने विमानस्थलसँगै रुटको समेत विवरण बुझाइ उडान अवतरण लिनु पर्ने निर्णय परिमार्जन गरेको थियो।


प्राधिकरणको निर्णयपछि उच्च पहाडि तथा दुर्गमका विमानस्थलमा १८ गतेदेखि उडान नै हुन सकेको थियो। सबैजस्तो गन्तव्यमा यात्रु समस्यामा भनेर समाचार आउने थालेपनि प्राधिकरणले निर्णय सच्चाउन बाध्य भएको छ।

साथै एयरलाइन्स कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले पनि उक्त व्यवस्थाको विरोध गरेको थियो। साथै जल तथा मौसम विभागले पनि इनरुट मौसम विवरण दिने नसक्ने भन्दै सूचना प्रकाशन गरेको थियो।

सबैतिरबाट प्राधिकरणले गरेको निर्णय विरोध भएपछि प्राधिकरणले जेठ २० गते निर्णय सच्याउँदै सबै विमानस्थल कार्यालयहरुलाई सकुलर गरेको छ।

प्राधिकरणले इनरुट मौसम भन्नाले जल तथ मौसम पूर्वनुमान महाशाखाबाट उपलब्ध गराउने सम्बन्धित विमानस्थल अवस्थित प्रादेशिक सेक्टर मौसम सम्झिनु पर्ने व्यहोरा  निर्देशअनुसार व्यहोरा गरिन्छ भन्दै सर्कुलर गरेको हो।

प्राधिकरणको इनरूट मौसमको नयाँ नियम जारी भएसँगै तारा एयरले एक साताका लागि पोखराबाट जोमसोम उडान बन्द गरेको थियो। साथै समित, सिता र नेपाल एयरलाइन्सले पनि उच्च पहाडी तथा दुर्गम विमानस्थलमा उडान गरेका थिएनन्।


प्रकाशित : शनिबार, जेठ २१ २०७९००:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend