आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विश्वव्यापी मूल्यवृद्धिको असर देखियो, राहतका लागि सरकार प्रयासरत छ : उद्योगमन्त्री बडू 

शुक्रबार, जेठ २० २०७९
विश्वव्यापी मूल्यवृद्धिको असर देखियो, राहतका लागि सरकार प्रयासरत छ : उद्योगमन्त्री बडू 

आगामी वर्षका लागि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउनका लागि थुप्रै कार्यक्रम ल्याएको उनको भनाइ छ। 

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विश्वव्यापी मूल्यवृद्धिको बाछिटा नेपालमा पनि देखिएको बताएका छन्। 

नेपालभित्रकैभन्दा बाह्य कारणले गर्दा मूल्यवृद्धि भएको सरकारको निष्कर्ष रहेको उनले बताए। प्रतिनिधिसभामा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा बडूले मूल्यवृद्धि नियन्त्रढणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको बताएका छन्। 

‘अन्तर्राष्ट्रिय परिस्थितिका कारणले मूल्यवृद्धि भएको छ। मूल्यवृद्धिका कारणले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। गतको वर्षको तुलनामा यो वर्षको १० महिनामै १ खर्ब बढी रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ’ उनले भने। 

मूल्यवृद्धिका कारणले जनताको दैनिकीमा पर्न गएको कठिनाइका बारेमा सरकार जानकार भएकाले गर्दा सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको उनले बताए। 

‘हालैमात्र सरकारले पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटाउने पहल सुरु गरिसेकको छ। आयल निगम सञ्चालक समितिले पनि मूल्य घटाइसकेको छ’ उनले भने। 

आगामी वर्षका लागि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउनका लागि थुप्रै कार्यक्रम ल्याएको उनको भनाइ छ। 


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend