आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

डिजिटल अर्थतन्त्रमा नसोचेको प्रगति भयो : गभर्नर अधिकारी 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २० २०७९
डिजिटल अर्थतन्त्रमा नसोचेको प्रगति भयो : गभर्नर अधिकारी 

भुक्तानी सेवा तथा बैंकिङलाई डिजिटल बनाउनका लागि पूर्वाधारदेखि नीति नियम तर्जुमामा सरकारले काम गरिरहेको उनको भनाइ छ। 

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो २ वर्षमा अभूतपूर्व प्रगति भएको बताएका छन्। 

डिजिटल अर्थतन्त्रको विस्तार तीव्र भएको तथ्यले पुष्टि गरिरहेको उनको भनाइ छ।

काठमाडौंमा आयोजित डिजिटल इकोनोमिक कन्क्लेभमा बोल्दै गभर्नर अधिकारीले महाभारतकालमै भुक्तानीदेखि सेवा प्रवाहसम्म डिजिटाइज हुँदै गएको उनले बताए।

'डिजिटल भुक्तानीमा नसोचेको प्रगति भएको छ।
सामान्य किराना र चिया पसलमा डिजिटल भुक्तानी पुगेको छ। सरकारको ९० प्रतिशत भुक्तानी अनलाइनमा हुन्छ' उनले भने' आजभन्दा २ वर्ष पहिले यो सोच्न पि सकिंदैन थियो।' 

भुक्तानी सेवा तथा बैंकिङलाई डिजिटल बनाउनका लागि पूर्वाधारदेखि नीति नियम तर्जुमामा सरकारले काम गरिरहेको उनको भनाइ छ। 

विशेषगरी भुक्तानीका लागि निजी क्षेत्र तथा सेवाप्रदायकले पनि धेरै पूर्वाधार बनाउन आवश्यक रहेको उनको भनाइ छ। सरकार र राष्ट्र बैंकले पनि पूर्वाधार निर्माणका लागि काम गरिरहेको उनले बताए। 

बहुराष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई पनि नेपालमा पूर्वाधारदेखि प्रविधिको क्षेत्रमा सहयोग गरिदिन उनले आग्रह गरे।

 


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०७:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend