आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

डिजिटल अर्थतन्त्रमा नसोचेको प्रगति भयो : गभर्नर अधिकारी 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २० २०७९
images
images
डिजिटल अर्थतन्त्रमा नसोचेको प्रगति भयो : गभर्नर अधिकारी 

भुक्तानी सेवा तथा बैंकिङलाई डिजिटल बनाउनका लागि पूर्वाधारदेखि नीति नियम तर्जुमामा सरकारले काम गरिरहेको उनको भनाइ छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो २ वर्षमा अभूतपूर्व प्रगति भएको बताएका छन्। 

images
images

डिजिटल अर्थतन्त्रको विस्तार तीव्र भएको तथ्यले पुष्टि गरिरहेको उनको भनाइ छ।

images
images

काठमाडौंमा आयोजित डिजिटल इकोनोमिक कन्क्लेभमा बोल्दै गभर्नर अधिकारीले महाभारतकालमै भुक्तानीदेखि सेवा प्रवाहसम्म डिजिटाइज हुँदै गएको उनले बताए।

images
images
images

'डिजिटल भुक्तानीमा नसोचेको प्रगति भएको छ।
सामान्य किराना र चिया पसलमा डिजिटल भुक्तानी पुगेको छ। सरकारको ९० प्रतिशत भुक्तानी अनलाइनमा हुन्छ' उनले भने' आजभन्दा २ वर्ष पहिले यो सोच्न पि सकिंदैन थियो।' 

भुक्तानी सेवा तथा बैंकिङलाई डिजिटल बनाउनका लागि पूर्वाधारदेखि नीति नियम तर्जुमामा सरकारले काम गरिरहेको उनको भनाइ छ। 

विशेषगरी भुक्तानीका लागि निजी क्षेत्र तथा सेवाप्रदायकले पनि धेरै पूर्वाधार बनाउन आवश्यक रहेको उनको भनाइ छ। सरकार र राष्ट्र बैंकले पनि पूर्वाधार निर्माणका लागि काम गरिरहेको उनले बताए। 

बहुराष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई पनि नेपालमा पूर्वाधारदेखि प्रविधिको क्षेत्रमा सहयोग गरिदिन उनले आग्रह गरे।

 


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०७:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend