आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा घट्यो

शुक्रबार, जेठ २० २०७९
इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा घट्यो

इन्धनको मूल्यअनुसार अहिले स्वचालित भाडादर लागु हुने व्यवस्था गरिएअनुसार मूल्य घटेको हो। 

काठमाडौं- सरकारले इन्धनको मूल्य घटाएसँगै सार्वजनिक सवारीको भाडा पनि घटाएको छ। यातायात व्यवस्था विभागले शुक्रबारदेखि नै लागु हुने गरि सार्वजनिक सवारीको भाडा घटाएको हो। 

विभागका आनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत भाडा घटाइएको छ। त्यस्तै मालबाहक सवारीमा पहाडी बाटोतर्फ २.६ प्रतिशत र तराईतर्फ २.९ प्रतिशत भाडा घटाइएको हो।

समायोजन भएको भाडादर अन्तर प्रदेशमा सञ्चालन हुने सवारीमा लागु हुने विभागले जनाएको छ। इन्धनको मूल्यअनुसार अहिले स्वचालित भाडादर लागु हुने व्यवस्था गरिएअनुसार मूल्य घटेको हो। 

समायोजनपछिको भाडादर कति?


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend