काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ। बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेर ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँ बढेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।