आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

असारभित्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागको सर्कुलर, कुन सवारीमा कति लाग्छ शुल्क?

शुक्रबार, जेठ २० २०७९
असारभित्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागको सर्कुलर, कुन सवारीमा कति लाग्छ शुल्क?

विभागले सडक अनुगमन गर्ने र इम्बोस्ड जडान नभएको फेला परे कारबाही हुने जनाएको छ।

काठमाडौं- असार मसान्तसम्म बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात व्यवस्था विभागले सूचना जारी गरेको छ।

बागमती र गण्डकीका यातायात कार्यालयहरुबाट इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको समेत विभागको भनाइ छ।

२०७८ कात्तिककै इम्बोस्ड नम्बर प्लेट जडानका लागि सूचना भएपनि सवारी धनी तथा चालकले सवारीमा इम्बोस्ड नम्बर प्लेट जडानमा कुनै चासो देखाएका थिएनन्।

विभागले असार मसान्तसम्म सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न अन्मित पटक समय दिएको सूचना मार्फत जनाएको छ। विभागले साउन १ गतेबाट बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान नभएको अवस्थामा कानूनअनुसार कारबाही गर्ने भएको छ।

विभागले सडक अनुगमन गर्ने र इम्बोस्ड जडान नभएको फेला परे कारबाही हुने जनाएको छ।


बागमती प्रदेशको एकान्तकुना ललितपुर, गर्जुधार र गण्डकीकाो पोखराबाट इम्बोस्ड नम्बर प्लेज जडान  गर्न सूचना गरेको हो।

कति लाग्छ लागत?

विभागले तोकेको शुल्कअनुसार मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताले प्रतिसाधन २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। त्यस्तै तीन पांग्रे सवारीधनीले २ हजार ९ सय रुपैयाँ र चारपांग्रे अर्थात कार, जिप तथा भ्यार र मझौला सवारीधनीले ३ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्छ। 

ठूला तथा हेवी सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान गर्दा सबैभन्दा धेरै ३ हजार ६ सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। 

imbost.jpg


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend