आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीले असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

शुक्रबार, जेठ २० २०७९
बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीले असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

काठमाडौं- असार मसान्तसम्म बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात व्यवस्था विभागले सूचना जारी गरेको छ।

बागमती र गण्डकीका यातायात कार्यालयहरुबाट इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको समेत विभागको भनाइ छ।

२०७८ कात्तिककै  इम्बोस्ड नम्बर प्लेट जडानका लागि सूचना भएपनि सवारी धनी तथा चालकले सवारीमा इम्बोस्ड नम्बर प्लेट जडानमा कुनै चासो देखाएका थिएन्।

विभागले असार मसान्तसम्म सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न अन्मित पटक समय दिएको सूचना मार्फत जनाएको छ।
विभागले साउन १ गतेबाट बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान नभएको अवस्थामा कानुन अनुसार कारबाही गर्ने भएको छ।

विभागले सडक अनुमान गर्ने र दर्ता नभएको फेला परेको अवस्थामा कारबाही हुने जनाएको छ।
विभागले बागमती प्रदेशको एकान्तकुला ललितपुर, गजुधार र गण्डकीका पोखराबाट इम्बोस्ड नम्बर प्लेज जडान  गर्न सूचना गरेको हो।

number.PNG

 


प्रकाशित : शुक्रबार, जेठ २० २०७९००:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend