आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

पेट्रोल र डिजलको मूल्य प्रतिलटर १० रुपैयाँले घट्यो

बिहीबार , जेठ १९ २०७९
पेट्रोल र डिजलको मूल्य प्रतिलटर १० रुपैयाँले घट्यो

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोल र डिजलमा प्रतिलिटर १० रुपैयाँ घटाएको हाे।

अब प्रतिलिटर पेट्रोल १७० र डिजल १५३ रुपैयाँ कायम भएको छ। अन्यको इन्धनको मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो। बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो। जेठ १० गते बसेको मन्त्रिपरिषद्को वैठकले तेलमा लगाइएको पूर्वाधार कर हटाउने निर्णय गरेको थियो। 

निर्णय भएको  एक साता पछि मात्रै अर्थले सोहीअनुसार मूल्य समायोजन गर्न निगमलाई पत्र पठाएको थियो।


प्रकाशित : बिहीबार , जेठ १९ २०७९१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend