आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

तारा एयर विमान दुर्घटना : शव परिवारलाई बुझाइयो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १९ २०७९
तारा एयर विमान दुर्घटना : शव परिवारलाई बुझाइयो

बुधबार राति पोष्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज १२ बजेभित्रै मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो।

काठमाडौं- तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ। दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ। 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज दुर्घटनामा मृत्यु भएकाको शव त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि आज परिवारलाई हस्तान्तरण गरिएको छ। बुधबार राति पोष्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज १२ बजेभित्रै मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो।

मृतकमध्ये चार भारतीयको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने तथा दुई जर्मन नागरिकको शव त्यस देशतर्फ पठाइने जनाइएको छ। 

आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। 

 उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली, चार भारतीय तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो।


प्रकाशित : बिहीबार , जेठ १९ २०७९१०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend