आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गगन थापाको प्रश्न : विद्युतीय सवारीमा लगाइएको करले पेट्राेलियम पदार्थकाे खपत कसरी घटाउँछ?

बिहीबार , जेठ १९ २०७९
गगन थापाको प्रश्न : विद्युतीय सवारीमा लगाइएको करले पेट्राेलियम पदार्थकाे खपत कसरी घटाउँछ?

पूर्ववर्ती सरकारले विद्युतीय सवारीमा लगाएको करको संसदमा आफूहरूले विरोध गरेको उल्लेख गर्दै यस विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने समेत थापाले बताए।

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटमार्फत इलेक्ट्रिक सवारीमा बढाइएको करको विरोध गरेका छन्। विद्युत खपतमा ऊर्जा मन्त्रालयको यति महत्वपूर्ण कार्यक्रम भएको समयमा इलेक्ट्रिक गाडीलाई करको आँखाले हेर्नु गलत भएको उनले बताए।

‘हामीले पेट्रोलियम पदार्थको प्रयोग घटाउनुपर्ने समयमा इलेक्ट्रिक गाडीलाई महँगो र सस्तो भनेर छुट्याउनु गलत भएको छ,’ थापाले भने।

सरकारले इलेक्ट्रिक गाडीलाई पनि भन्सार र अन्त:शुल्क बढाएर गलत भएको उनले बताए। पूर्ववर्ती सरकारले विद्युतीय सवारीमा लगाएको करको संसदमा आफूहरूले विरोध गरेको उल्लेख गर्दै यस विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने समेत थापाले बताए।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा स्रोतको व्यवस्थापन नै नगरी बजेट ल्याएको समेत उनले बताए। १२ अर्ब राजश्व कसरी जुटाउने? तथा अनुदान र सहुलियत ऋणको समेत कुनै ग्यारेन्टीबिना बजेट ल्याइएको समेत थापाले बताए। चालुवर्ष ३३ प्रतिशत मात्रै चालु खर्च भएको उल्लेख गर्दै आउने वर्ष पुँजीगत खर्च हुने ग्यारेन्टी प्रस्तुत नभएको समेत थापाले बताए। अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयबाट आउने आधारभुत कार्यक्रम नै चलाएको समेत उनले बताए।

स्वास्थ्य मन्त्रालयले पठाएको बीमा कार्यक्रम कम्पनीमार्फत गर्ने भन्ने विषयमा नै तालमेल नमिलेको थापाले बताए।

चितवन जाने फास्टट्रयाक बनाउने कुरा भौतिक मन्त्रालयका अधिकारीलाई थाहा नभएको विषयसमेत बजेटमा राखिएकोले निर्माण प्रक्रिया कसरी सुरु गर्ने भन्ने नै यकिन नहुने उनले बताए। कृषिको सन्दर्शमा अत्मनिर्भर गराउने विषय राम्रो कुरा आएको बताउँदै उनले प्रदेश र स्थानीय तहको बजेट यहि विषय कार्यान्वयनको कुरामा आउनुपर्ने तर केन्द्रबाट समन्वय हुनुपर्नेमा जोड दिए। 


प्रकाशित : बिहीबार , जेठ १९ २०७९०६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend