आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

जग नभएको बजेट आएको छ : ज्ञवाली

बिहीबार , जेठ १९ २०७९
जग नभएको बजेट आएको छ : ज्ञवाली

विदेशी लगानीको थ्रेस होल्ड हटाएर स्वेदशी उद्योगलाईविदेशी लगानीको थ्रेसहोल्ड हटाएर स्वेदशी उद्योगलाई घाँटी निमोठ्ने काम भएको उनको भनाइ छ। घाँटी निमोट नै काम भएको  उनको भनाइ छ।

काठमाडौं- एमाले नेता प्रदीप ज्ञवालीले बजेट यथार्थपरक नभएको र बिनाजग आएको आरोप लगाएका छन्। उनले पुँजीगत खर्च २० प्रतिशत घटाएर जुन आर्थिक वृद्धिको लक्ष्य लिइएको छ त्यो पूरा गर्न सम्भव नभएको समेत बताएका छन्।

साथै आयात घटाउने विषय भन्सार लक्ष्य बढी राखेकाले असम्भव रहेको उनले बताएका छन्। संसदमा पेस भएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफलमा सहभागी भएका नेकपा एमालेका नेता ज्ञवालीले हरेक वर्ष शिक्षा क्षेत्रमा ४४ अर्ब रुपैयाँ बाहिरिएको अवस्थामा नेपालमै मेडिकल कलेज खोल्ने विषय उठान हुनासाथ एकजना रेडिमेट डाक्टर अनसन बसिहाल्ने आरोप लगाएका छन्।

'केही व्यवसायी घरानालाई फाइदा दिने गरी काम भएको छ। कृषिमा रुपान्तरको कुरा गर्नु भएको छ। यसका लागि कृषिमा जमिन आवश्यक पर्छ। भूमि बैंकको कुरा आएको छैन। फेरि लिजको कुराले कसरी लिएको लक्ष्य कसरी पूरा हुने?' ज्ञवालीले प्रश्न गरेका छन्।

‘उत्पादन र विचौलियाबीच बिगिबिगी छ। यहाँ त किसानमा श्रम सहकारी चाहिने हो। तर यहाँ त निर्माणको विषयमा किन श्रम सहकारी चाहियो,’ उनले भने। 

विदेशी लगानीको थ्रेसहोल्ड हटाएर स्वेदशी उद्योगलाई घाँटी निमोठ्ने काम भएको उनको भनाइ छ।


प्रकाशित : बिहीबार , जेठ १९ २०७९०५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend