आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सुन तथा चाँदीको मूल्य बढ्यो 

बिहीबार , जेठ १९ २०७९
सुन तथा चाँदीको मूल्य बढ्यो 

बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ तोकिएको छ।

काठमाडौं- बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ। बुधबार नेपाली बाजरमा छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेर ९७ हजार ६ सय रुपैयाँ कामय भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोता १५ रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : बिहीबार , जेठ १९ २०७९०५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend