आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

पशुपति धर्मशालाको करार भंग बदर माग लिएर बतास समूह उच्च अदालत जाने

बुधबार, जेठ १८ २०७९
पशुपति धर्मशालाको करार भंग बदर माग लिएर बतास समूह उच्च अदालत जाने

काठमाडौं- नेपाल–भारतमैत्री पुशपति धर्मशाला सञ्चालन गरिरहेको बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिले धर्मशाला सञ्चालनको करार भंग लागु नगर्न नपाउने भन्दै उच्च अदालत पाटनमा रिट दायर गर्ने भएको छ।

पशुपति क्षेत्र विकास कोषले एकपक्षीय रुपमा धर्मशाला सम्झौताका भंग रद्द गरेको भन्दै बतास समूह जिल्ला अदालत काठमाडौंमा गएको थियो। जिल्ला अदालतले पहिले अन्तरिम आदेश दिएसँगै कोषले सम्झौता भंग गर्ने निर्णय कार्यान्वयन गर्न पाएको थियो।

फेरि काठमाडौं जिल्ला अदालले अन्तरिक आदेश खारेज गरेपछि बतास समूह न्यायका लागि उच्च अदालत जाने भएको हो। बतास समूहको आनन्द होटल प्रालिले २०७६ बैशाखदेखि धर्मशाला सञ्चालन गर्दै आएको छ।


प्रकाशित : बुधबार, जेठ १८ २०७९१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend