आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

चिनियाँ नाकामा अवराेध : भारतमा ४२ अर्बको सामान निर्यात हुँदा चीनतर्फ १५ करोड मात्रै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ८ २०७८
चिनियाँ नाकामा अवराेध :  भारतमा ४२ अर्बको सामान निर्यात हुँदा चीनतर्फ १५ करोड मात्रै

नेपालबाट चीन तर्फ भने १५ करोड ८० लाख रुपैयाँ २९ हजार रुपैयाँको मात्रै सामान निर्यात भएको छ। चीन तर्फ दुई महिनामा नेपालको व्यापार घाटा ४२ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ रहेको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०७८\८९ को पहिलो दुई महिनामा भारतसंगको व्यापार घाटा १ खर्ब ५१ अर्ब २४ करोड ३६ लाख ५६ हजार पुगेको छ। 

भारत तर्फ ३६ अर्ब १७ करोड ४३ लाख ९० हजार रुपैयाँको समान भारत तर्फ निर्यात हुदाँ १ खर्ब ८७ अर्ब ४१ करोड ८० लाख ४५ हजार रुपैयाँ बराबरको समान आयात भएको छ। त्यस्तै छिमिकी मुलुक चीन तर्फबाट भदौ र साउन महिनामा ४२ अर्ब ८४ करोड ७५ लाख ९१ हजार रुपैयाँको समान आयात भएको छ। 

तर नेपालबाट चीन तर्फ भने १५ करोड ८० लाख रुपैयाँ २९ हजार रुपैयाँको मात्रै समान निर्यात भएको छ। चीन तर्फ दुई महिनामा नेपालको व्यापार घाटा ४२ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ रहेको छ।  

भदौ र साउन महिनामा व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार भदौ र साउन महिनामा महिनामा मात्रै ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँको समान आयात भएको छ। गतवर्ष भन्दा आयाता ७५.८६ प्रतिशतले बृद्धि भएको हो। गत वर्ष भदौ र साउन महिनामा १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँ बराबारको समान आयात भएको थियो। 

यता निर्यातमा भने गत वर्ष भन्दा सुधार देखिएको छ। निर्यात भदौ र साउनमा महिनामा गत वर्षको तुलानमा १ सय १५ प्रतिशतले बृद्धि भएको छ। भदौ र साउन मात्रै ४४ अर्ब ३९ लाख रुपैयाँ बराबरको समान निर्यात भएको भन्सार विभागले जनाएको छ। गत वर्ष भदौ महिनामा २० अर्ब ४४ करोड रुपैयाँ बराबरको समान निर्यात भएको थियो। 


प्रकाशित : शुक्रबार, असोज ८ २०७८०९:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend