आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

पर्वतीय उडानमा इनरुट मौसमको जानकारी दिने पूर्वाधार खडा गर्न एयरलाइन्स कम्पनीहरुकाे माग

बुधबार, जेठ १८ २०७९
पर्वतीय उडानमा इनरुट मौसमको जानकारी दिने पूर्वाधार खडा गर्न एयरलाइन्स कम्पनीहरुकाे माग

तसर्थ नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित निकायसँग समन्वय गरी यथाशक्य सबै विमानस्थलको इनरुट मौसम समयमा उपलब्ध गराउने व्यवस्था मिलाउन यो संघ आग्रह गरेको छ। 

काठमाडौं- निजी वायुसेवा कम्पनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग तत्काल पर्वतीय उडानका विमानस्थलमा इनरुट मौसमको जानकारी दिने पूर्वाधार खडा गर्न माग गरेको छ। प्राधिकरणले मौसम नखुलेसम्म पर्वतीय उडानमा रोक लगाउने निर्णय गरेको थियो।

वायुसेवा सञ्चालक संघले मौसमको जानकारी दिने निकाय नै अलमलमा पर्दा उडानमै समस्या आएको उल्लेख गर्दै तत्काल समाधान निकाल्न वा निर्णय सच्याउन मागसमेत गरेका छन्। हिमालय र पहाडी उडान हुने विमानस्लमा अहिलेसम्म पनि इनरुट मौसमको जानकारी दिने पूर्वाधार नभएको उल्लेख गर्दै तत्काल पूर्वाधार खडा गर्न संघले माग गरेको छ। 

वायुसेवाहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) तथा नेपाल नागरिक उड्डयन प्राधिकरणवाट जारी गरिएको मापदण्डहरुको पूर्ण परिपालना गर्दै आइ रहेकोसमेत विज्ञप्ती मार्फत जनाएका छन्। सबैको सहयोगमा नै नेपालले हवाई सुरक्षमा समेत प्रगति हासिल गरेको उल्लेख गर्दै नेपालको जटिल भूबनोट तथा खासगरी हिमाली भेगमा छिटो छिटो मौसम परिवर्तन भइ रहँदा पूर्वअनुमान गरिएभन्दा मौसम प्रतिकुल हुने अवस्था आउने र हवाई दुर्घटनाका सम्भावना रहने गरेको छ। 

नेपालमा मौसम सम्बन्धी जानकारी दिने जिम्मेवारी जल तथा मौसम विज्ञान विभागको हो। हाल मौसम विज्ञान विभागबाट काठमाडौं तथा भैरहवामा आधा आधा घण्टामा र अन्य यान्त्रिक उडान आइएफआर सुविधा उपलब्ध ८ वटा विमानस्थलहरुमा १ १ घण्टामा मौसम सम्बन्धि जानकारी मेटार जारी गर्ने गरिएको छ। त्रिअवि र भैरहवा विमानस्थलले प्रत्येक ६/६ घण्टामा टरमिनल एरिया जारी गर्ने गरिएको छ

इनरुट मौसमको हकमा अन्तर्राष्ट्रिय उडानका लागि १८,००० मिटर माथिका मौसमी जानकारी गराउने गरिएको छ। आन्तरिक उडानका लागि इनरुट मौसम  उपलब्धको सुविधा हाल छैन। आन्तरिक उडान हुने सबै विमानस्थलहरुका इनरुट मौसम उपलब्ध हुन सके निश्चय पनि उड्डयन सुरक्षाको स्थिति अझ सुदृढ हुनेमा दुई मत नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ। तसर्थ नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित निकायसँग समन्वय गरी यथाशक्य सबै विमानस्थलको इनरुट मौसम समयमा उपलब्ध गराउने व्यवस्था मिलाउन यो संघ आग्रह गरेको छ। 

इनरुट दिने पूर्वाधारको विकासमा नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग यस संघ सहकार्य गर्न तत्पर रहने र दुर्गम क्षेत्रका उडानहरु अझ सुरक्षित र भरपर्दो तुल्याउन यो संघ दृढ संकल्पित रहेको समेत विज्ञप्तीमा उल्लेख गरेको छ।


प्रकाशित : बुधबार, जेठ १८ २०७९१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend