आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सहकारीलाई १० करोड खर्च गर्न दिएर कस्तो समाजवाद आउँछ? : हृदेश त्रिपाठी 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १८ २०७९
सहकारीलाई १० करोड खर्च गर्न दिएर कस्तो समाजवाद आउँछ? : हृदेश त्रिपाठी 

समाजवादका नाममा विचलनकारी नीतिहरु आएको उनको भनाइ छ। अन्धाधन्धु खर्चको विनियोजन गरिएको उनको भनाइ छ। 

काठमाडौं- प्रतिनिधिभा सदस्य हृदेश त्रिपाठीले आगामी वर्षको बजेट दिशाहीन रहेको बताएका छन्। 

बजेटको अनुमान, खर्चको अनुमान तथा राजस्वका स्रोत कुनै पनि वास्तवकिताको नजिक नभएको उनको भनाइ छ। बजेटमा विकास खर्च तथा राजस्व आम्दानीको अनुमान पूरा नभएपनि चालु खर्चको दायरा भने विस्तार गरेको उनको भनाइ छ। 

कर्मचारीको तलब बढ्ने तथा वृद्धा भत्ताको दायारा विस्तार भएकाले यस्तो खर्च बढ्ने तर भविष्यले यसले सरकारले विकासमा लगानी गर्नसक्ने क्षमता रोक्ने उनको भनाइ छ। 

समाजवादका नाममा विचलनकारी नीतिहरु आएको उनको भनाइ छ। अन्धाधन्धु खर्चको विनियोजन गरिएको उनको भनाइ छ। 

‘सहकारीलाई १० करोड खर्च गर्न दिएर कस्तो समाजवाद ल्याउन खोजिएको हो?’: उनले भने। 

अर्थतन्त्रमा संकट आउन लागेको भएपनि बजेटले त्यसलाई कतैबाट सम्बोधन गर्न नखोजेको उनको भनाइ छ। 


प्रकाशित : बुधबार, जेठ १८ २०७९०७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend